एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु


६ जेष्ठ २०८१, आईतवार ०८:१६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा विभिन्न प्रकारका विपद्का घटनामा परी ३९ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

विपद्का घटनाले उक्त समयमा कुल ५८ करोड १६ लाख ३० हजार ६९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here