प्रहरी जवान हत्या आशंकामा पाँच जना पक्राउ


६ जेष्ठ २०८१, आईतवार ०९:५१ मा प्रकाशित

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । 

काठमाडौँ प्रहरीको विशेष टोलीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको हत्याको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । 

उनको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ड्युटी सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here