सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति


५ जेष्ठ २०८१, शनिबार २१:१३ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।

यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए ।

उनले समिति बनाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here