नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन दर्जनौको संख्यामा नयाँ सृजनाहरु बजारमा आईरहेका हुन्छन् । आउनु पनि पर्छ र यो स्वभाविक पनि हो ।तर सबै सृजना चर्चामा आउँदैनन् ।अन्य भन्दा केही फरक स्वादका सृजनाहरु दर्शक तथा श्रोताहरुले अत्याधिक रुचाईएको पाइन्छ ।
पछिल्लो हप्ता केही फरक स्वादको गीत ‘Any Problem’को म्युजिक भिडियो सार्वजनिक भएपछि दर्शकले धेरै रुचाएको पाईएको छ ।गायक कमल रसाईली र गायीका मेलीना राईको आवाजमा रहेको यस गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ ।गीतकार टेकु क्षेत्रीको शव्द, संगीतकार हरी लम्सालको संगीतमा रहेको Cartoonz Crew ले भिडियो निर्माण गरेको हो ।सरोज अधिकारीको एक्सन कट रहेको यस म्युजिक भिडियोमा सरोज अधिकारी,आश्मा विश्वकर्मा,लाक्पा डी.लामा,राम घले सुविन चौहान,साजन चौहान,विजय अधिकारीले अभिनय गरेका छन् ।
यो समाचार तयार पार्दा सम्ममा युट्युब मार्फत ६लाख भन्दा बढी दर्शकले भिडियो हेरेका छन् । जसमा ३४ हजारले लाईक गरेको देख्न सकिन्छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन तथा लाक्पा डी लामाले सम्पादन गरेका हुन् । गायक रसाईलीको ‘झम्के माया’,‘एउटै मुटु’लगायत दर्जनौ गीतहरु चर्चित छन् ।
हेर्नुहोस भिडियो





