करीब ७ लाख रुपैयाँ बराबरको क्षति: काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको प्यानल वोर्डमा आगलागी


१ श्रावण २०७६, बुधबार १२:३८ मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्यानल वोर्डमा आगलागी हुँदा करीब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार राती विद्युट सर्ट हुँदा भएको आगोलागीबाट संस्थाको प्यानल वोर्ड, ट्रान्सफर्मा, मिटर तथा अन्य विद्युतीय उपकरणमा क्षति पुगेको संस्थाका अध्यक्ष हर्कबहादुर फ्यिाकले जानाकरी दिए । संस्थाको अपरेटीङ रुमबाट एक्कासी विद्युत सर्ट भई घटना भएको थियो । समयमै कर्मचारी र स्थानीयको प्रयासमा आगो निभाईएको थियो । आगो नियन्त्रण बाहिर गएको भए थप क्षति हुने संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीले बताउए ।

अहिले संस्थाले वैक्लपिक व्यवस्था गरेर पानी वितरणलाई सहज बनाएको छ । यसको मर्मत तथा सम्भारमा एकसाता बढी समय लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here