मदिरा सेवन गरेर होहल्ला गर्ने प्रधानाध्यापक सहित पाँच जना पक्राउ


१ श्रावण २०७६, बुधबार १२:२८ मा प्रकाशित

चितवन । मदिरा सेवान गरेर बिद्यालय हाताभित्रै होहल्ला गर्ने प्रधानाध्यापक सहित पाँच जना मंगलबार बेलुकी पक्राउ परेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गएराती पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार विद्यालयका प्रधानाध्यापक सहित सह प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमालले असार मसान्तको क्लोजिङ सकेर विद्यालय परिसरमै मदिरा सेवान गरेर होहल्ला गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै घट्नास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुलाई विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफ बस्ने कोठाबाट पक्राउ गरिएको हो । मदिरा सेवन गरेका उनीहरुको राती नै प्रहरी नायब निरीक्षक प्रकाश सिंम्खडाले स्वास्थ्य परीक्षणका लागी बकुल्हर अस्पताल लगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here