बाढी प्रभावित क्षेत्र अनुगमन गर्न मन्त्रीहरुको टोली मधेसमा


१ श्रावण २०७६, बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं । मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गएको छ ।

बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएको हो ।

टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् । असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् । उनीहरुले खाना र बासको उचित व्यवस्था नभएको गुनासो गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here