स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छः उपप्रधानमन्त्री लामिछाने


२५ चैत्र २०८०, आईतवार १५:५८ मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ ।

निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उहाँले त्यसअघि पनि गर्न सकिने धारणा राख्नुभएको हो । आईतवार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताउनु भयो ।

मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्ताव यस अघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निणर्य लिने उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिबली मंसीरमा सकिन्छ कि भन्ने प्रश्ताव आएको छ । त्यसलाई हामीले हेर्छौं । त्यसको अन्य विभिन्न पाटोहरुमा अध्ययन गरेर मलाई लाग्छ अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन । त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्नसक्छौ जस्तो लाग्छ । यस अघि नै मंसीरमा जाने भन्ने कुरा भएको रहेछ । त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु । केही अघि पनि गर्न नसकिने होइन । तर जटिलताहरु होलान अध्ययन गर्नुपर्छ । तर छिट्टै गर्न सकिन्छ ।’

संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here