राष्ट्रिय सभा सदस्यहरु सबै किसिमले छायाँमा परेका छन्ः सांसद तिमल्सिना


२१ चैत्र २०८०, बुधबार १८:५३ मा प्रकाशित

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले राष्ट्रिय सभा सदस्यहरु सबै किसिमले छायाँमा परेको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नीति, निर्माणको विषयमा छलफल गरी नीति निर्माण गर्नेहरुको काम छायाँमा पर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय सभा सदस्यहरुले आफ्ना क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्न बजेटको माग गरेपनि त्यसको सुनुवाई नहुने बगरेको बताउनु भयो ।

उहाँले कसले कति बजेट ल्यायो र कति विकास ग¥यो भन्नेबारेमा मात्रै चासो हुने गरेकाले राष्ट्रिय सभा सदस्यहरु सबै किसिमबाट छायाँमा परेको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय सभा सदस्य प्रतिनिधिहरुको पनि प्रतिनिधि भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here