काँग्रेसद्वारा प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता


२२ फाल्गुन २०८०, मंगलवार १९:५३ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो ।

प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निणर्य केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत दिएका थियौं । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौं । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निणर्य पनि भयो । ’

बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निणर्य पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here