माओवादी केन्द्रसहितका दलहरुसँगको गठबन्धन कांग्रेसका लागि महंगो सावित भयोः शेखर कोइराला


२२ फाल्गुन २०८०, मंगलवार ०८:४३ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रसहितका दलहरुसँगको गठबन्धन कांग्रेसका लागि महंगो सावित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितका दलहरुसँगको गठबन्धन तोड्दै हिजो एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)सँगको नयाँ गठबन्धन गरी नयाँ सरकार सञ्चालनका शुरुवात गर्नुभएको थियो ।

सोही विषयमा केन्द्रित रही नेता कोइरालाले सत्ताको लागि जेपनि गर्ने माओवादीसँगैको गठबन्धन कांग्रेसको लागि महंगो सावित भएको उल्लेख गर्नुभएको हो । उहाँ विगतमा पनि कांग्रेसले माओवादीसँग गठबन्धन गर्न नहुने पक्षमा हुनुहुन्थ्यो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन । कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here