भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन्ः कानूनमन्त्री गुरुङ


१८ फाल्गुन २०८०, शुक्रबार १६:१४ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले कसुरजन्य सम्पती कमाएको हकमा अथवा अपराध गरेर सम्पती कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकार नछोडने बताउनु भयो ।

उहाँले अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पतीको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको बताउनु भयो ।

मन्त्री गुरुङले स्रोत नखुलेको सम्पती थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानूनी व्यवस्था गर्न लागेको बताउनु भयो ।

बैठकमा सांसदहरुले स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here