‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन–२०८०’ राष्ट्रिय सभामा पेश गरिएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा सो प्रतिवेदन पेश गर्नुभएको हो ।
उहाँले सरकार र सरकारी निकायले दिगो विकास लक्ष्य हासिल हुनेगरी कार्य सम्पादन गर्न सकुन् भन्ने मुख्य उद्देश्यका साथ सो प्रतिवेदन तयार गरी सभासमक्ष पेश गरिएको पनि बताउनु भयो ।
प्रतिवेदनमा सरकार र मातहतका निकायहरुले दिगो विकास लक्ष्य हासिल हुने गरी पछाडि पारिएका दलितलगायतका समुदायको उत्थानमा लागि ठोस कदम चाल्न नसकेको औंल्याइएको छ ।