बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणनामा लोकतान्त्रिक व्यावसायिक प्यानलले प्रारम्भिक अग्रता


१५ फाल्गुन २०८०, मंगलवार ०७:४७ मा प्रकाशित

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणनामा लोकतान्त्रिक व्यावसायिक प्यानलले प्रारम्भिक अग्रता लिएको छ ।

मध्यराति १२ बजेदेखि मतगणना शुरु भएकोमा केहीबेर अघि २१७ मत गनिदाँसम्म लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले सामान्य अग्रता लिएका हुन् । लोकतान्त्रिक प्यानलका अध्यक्ष राजु न्यौपानेले ११९ मत ल्याउँदा स्वतन्त्र प्यानलका अध्यक्ष अर्जुनकुमार मैनालीले ७९ मत पाएका छन् ।

वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ९५ मत खसेको छ । वाणिज्य संघमा ५ हजार ६ सय ७३ सदस्य रहेकोमा त्यति मत खसेको हो । जुन ७२ प्रतिशत हो ।

वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल छ भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको छ ।

अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here