राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने


१३ फाल्गुन २०८०, आईतवार १७:४५ मा प्रकाशित

सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गर्नुभयो ।

उहाँले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो । उहाँले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताउनु भयो ।

उहाँले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताउनु भयो । उहाँले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताउनु भयो । उहाँले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।

उहाँले मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गर्नुभयो ।

उहाँले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here