काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
साविक प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपश्चात रिक्त सो क्षेत्रको सांसद् छान्न वैशाख १५ गते उप-निर्वाचन हुने भएको हो । नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।
निर्वाचन आयोगले सरकारसँग परामर्श गरी आइतबार उप-निर्वाचन मिति घोषणा गरेको हो ।
बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा पनि वैशाख १५ मै उप-निर्वाचन हुने भएको छ । सो क्षेत्रका प्रदेश सांसद् पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा ज्यान गएको थियो ।