झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन


१३ फाल्गुन २०८०, आईतवार १९:५१ मा प्रकाशित

झापा । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन भएका छन् ।

झापाको मेचीनगरमा आइतबार सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत दर्जनौँ संघसंस्थामा आवद्ध ढकाल झापाका भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् ।

संघका अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको अधिवेशनले संघको उपाध्यक्षमा दिपक घिमिरे र कुमार गिरी, कोषाध्यक्षमा दिलु सुब्बा, सचिवमा तीर्थराज ढकाललाई चयन गरेको छ ।

सदस्यहरुमा श्रीप्रसाद धिताल, रामअवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एलपी साँवालाई चयन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

अधिवेशनलाई संघका कोशी प्रदेश सदस्य भवानी आङदेम्बे, प्रकाश राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here