प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णतः असफल भयोः ओली


८ फाल्गुन २०८०, मंगलवार १७:३१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहो¥याउनु भयो ।

सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारको असफलताले देशमा गरिवी बढिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here