टिआरसी पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍योः ओली


८ फाल्गुन २०८०, मंगलवार १३:५७ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । उहाँले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here