काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु


७ फाल्गुन २०८०, सोमबार १२:४९ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ ।

सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ ।

प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्नुहुनेछ ।

बैठकमा उपसभापति पूणर्बहादुर खड्काले नीति प्रश्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव पेश गर्ने कार्यसूचि छ ।

त्यस्तै प्रवक्ता डा. प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here