प्रजातन्त्र दिवसको समाचार संकलनका लागि टुँडिखेल पुगेका पत्रकारलाई प्रवेशमा रोक


७ फाल्गुन २०८०, सोमबार १०:०३ मा प्रकाशित

काठमाडौँ । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा समाचार सङ्कलनका लागि काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्च अगाडि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

समाचार सङ्कलनमा पुगेका पत्रकारहरूले कार्यक्रमस्थलमा प्रवेश नपाएपछि सैनिकमञ्चको गेटमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।

समाचार सङ्कलनका लागि विशेष प्रवेश पास चाहिने भन्दै भित्र पस्न नदिएको पत्रकारहरूले बताएका छन् । यसअघिका कार्यक्रममा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रले काम गर्ने गरेको थियो ।

प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here