आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै


७ फाल्गुन २०८०, सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here