सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छः मन्त्री शर्मा


२५ माघ २०८०, बिहीबार १९:०८ मा प्रकाशित

सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउनु भयो ।

उहाँले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताउनु भयो ।

उहाँले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको बताउनु भयो ।

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here