चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिवद्धता छः मुख्यमन्त्री कार्की


२४ माघ २०८०, बुधबार १७:३० मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लगायतका प्रदेशसँग सम्बन्धित केही अधिकारहरु दिने प्रतिवद्धता गर्नुभएको बताउनु भयो ।

उहाँले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले परिषद्को पहिलो बैठकले गरेका निर्णयहरु कार्यान्वनय नभएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारको अबको संघर्ष कानून निर्माणका लागि संघीय संसदसँग हुने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले संघ सरकारले कानून नबनाइदिँदा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले संघ सरकार सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here