राष्ट्रिय सभा अध्यक्षमा माओवादीकाे दाबी रहन्छ : प्रचण्ड


२४ माघ २०८०, बुधबार ०८:३५ मा प्रकाशित
प्रम दाहाल काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका सचिव, मन्त्रालयसँग सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिलाई वैदेशिक रोजगारीमा देखिएका समस्याका समाधान गर्न निर्देशन दिनुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाण्डाै । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका माओवादी सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा आज प्रचण्डले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताउनुभएको हो ।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क सांसदहरूले राखेका छन् ।

सांसदहरूले माओवादी केन्द्रलाई कांग्रेसले पटक–पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।

राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसको पनि दाबी रहेको छ । राष्ट्रिय सभा अध्यक्षका लागि आउँदाे फागुन २९ गते चुनाव हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here