जनमतले संसदीय भुमिकालाई प्रभावकारी बनाउने


२१ माघ २०८०, आईतवार १८:३७ मा प्रकाशित

सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताउनु भयो ।

उहाँकाअनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here