काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनुहुनेछ ।
संसद्मा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।