वाणिज्य संघको निर्वाचनमा राप्रपा, एमाले नेतृत्वको प्यानलमा समाहित


१७ माघ २०८०, बुधबार ०८:०४ मा प्रकाशित

बिर्तामोड । नेपाली कांग्रेसले महासचिव पद नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा राप्रपा, एमाले नेतृत्वको प्यानलमा समाहित भएको छ ।

कांग्रेस र एमाले दुवै दलसंग उत्तिकै छलफलमा रहेको राप्रपाले कांग्रेसले महासचिव पद नदिने देखेपछि एमाले नेतृत्वको प्यानलसंग सहमति गरेको हो । यसअघि नै एमालेले राप्रपालाई प्यानलमा आउन आग्रह गरेको थियो । हिजो भएको छलफलमा एमाले , माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका उद्योगी व्यवसायी एक भएर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिष्पर्धामा उत्रने सहमति गरेका छन् ।

दलका नेताका साथ भेला भएका उद्योगी व्यवसायीले सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् । कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरीमान राई र अभिषेक राई रहेका छन् । कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्ने समेत सहमति गरेको छ ।

स्रोतका अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठलगायतको उम्मेद्वारी रहने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here