बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई


१५ माघ २०८०, सोमबार १७:४९ मा प्रकाशित

काठमाडौ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गर्नुभएको थियो ।

नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ । २ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टिमले फाइनल खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here