ढुवानी व्यवसायी निर्मल खत्रीद्वारा बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण


४ माघ २०८०, बिहीबार ११:३१ मा प्रकाशित

बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । 

आज विहान उनले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए । 

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठ, रेनुका लिम्बुसहित स्थानीय अगुवाहरुको सहभागितामा वितरण गरिएको थियो । 

मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए । लाभान्वितका अभिभावकहरुले पूण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here