‘तपस्वी’ भनिने रामबहादुर बम्जनको निवासबाट ३ करोड रुपैयाँ भन्दा बढी नगद बरामद


२५ पुष २०८०, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौं । हत्या, अपहरण र बलात्कारको आरोपमा पक्राउ परेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनको निवासबाट ३ करोड रुपैयाँ भन्दा बढी नगद बरामद भएको छ ।

काठमाडौंको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड भन्दा बढी नेपाली रुपैयाँसहित विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको पुष्टि गरेको हो । उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको छ ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् ।

त्यस्तै उनको घरबाट १५ वटा मोबाइल, ल्यापटप र केही पेन ड्राइभ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लिटिल बुद्धका नामले चिनाउने बम्जन हिजो साँझ पक्राउ परेका थिए । उनलाई आज अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ । ४ वर्षको निरन्तर खोजीपछि बम्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

उनी विभिन्न जिल्लाका जंगलमा आश्रम बनाएर बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here