काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा स्थगित


२५ पुष २०८०, बुधबार ११:३६ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ ।

२६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । तर, अन्तिम समयमा आएर स्थगन भएको हो ।

मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट नगरसभा बैठकबारे प्रस्ताव आउँछ । समितिबाट बैठकबारे प्रस्ताव सचिवालयमा आएपछि सचिवालयले नगरसभाको मिति तय गर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । आफ्नो छोरीलाई करारमा जागिर खुवाउन लागेको भन्दै मेयर शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका हुन् । उक्त विषयले यति बेला महानगरमा विवाद चर्किएको छ ।

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाईसमेत कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here