चलचित्र चित्राको प्रिमियर शो सम्पन्न


२४ पुष २०८०, मंगलवार १९:०२ मा प्रकाशित

नेपाली चलचित्र चित्राको प्रिमियर शो भएको छ ।

सोमवार काठमाडौंमा चलचत्रिको प्रिमियर शो आयोजना भएको हो । चलचित्रको प्रिमियर शोमा वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो ।

चलचित्र पौष २७ गतेबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शनी हुनेछ । प्रिमियर शोपछि सिनेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र निकै उत्कृष्ट रहेको र सबैले हेर्नुपर्ने चलचित्र भएको बताउनु भयो ।

उहाँले चलचित्रमा नयाँ कलाकारहरुको अभिनय जीवन्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रमा बुबा छोरीको कथा रहेको र चलचित्रमा जीवन्त अभिनय देख्न सकिने बताउनु भयो ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

बाबुछोरीको कथा बोकेको चित्रामा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् ।

अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भुमिकामा बनिश शाह र सन्देश शाह छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here