वद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि


२४ पुष २०८०, मंगलवार १८:५८ मा प्रकाशित

प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अभिभावकहरुका प्रतिनिधिहरुले प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बैठकमा बोल्दै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विधेयकमा अभिभावकको प्रतिनिधित्व गर्ने संस्थालाई पनि ठाउँ दिनुपर्ने बताउनु भयो ।

उहाँले विधेयकमा अभिभावक संघलाई समेट्ने संरचनाको पनि ठाउँ हुनुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै अभिभावक महासंघका अर्का प्रतिनिधि केशव पुरीले विधेयकमा अभिभावक भन्ने शब्द कतै नआएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले अभिभावकहरुको कुनै माग नभएको भन्दै शिक्षामा भएका गलत कुराहरुलाई औँल्याएर राज्यलाई सल्लाह दिने अवस्था बन्नुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयमा राज्यले गरेको खर्चको प्रतिफल नखोजिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै, बैठकमा बोल्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले अभिभावकहरुलाई सामुदायिक विद्यालयहरुप्रति विश्वास नभएका कारण आफ्ना बालबालिका नीजि विद्यालयमा पढाइरहेका बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेमा निजी विद्यालयमा जानेहरुको संख्या स्वतः घट्ने बताउनु भयो ।

सामुदायिक विद्यालयको व्यवस्थापन राम्रो नभएको उहाँको भनाई छ ।

उहाँले सबै मिलेर सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here