बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने आदिवासी जनजाति अगुवाहरुको माग


२४ पुष २०८०, मंगलवार १८:५३ मा प्रकाशित

आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिबासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका हुन् ।

उनीहरुले प्रश्तावित विद्यालय शिक्षा विधेयकले विद्यार्थीहरुलाई आदिवासी ज्ञान दिनेकुरा समेट्नुपर्ने बताए ।

बैठकमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले विधेयकमा आदिवासी ज्ञानको शिक्षा दिनेकुरा समेट्नुपर्ने बताउनु भयो ।

उहाँले आदिवासी जनजातिहरुको भाषालाई संरक्षण गर्नुपर्ने र बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले मातृभाषामा शिक्षा दिनका लागि मातृभाषि शिक्षकको दरबन्दीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here