काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
आगामी ११ माघमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।
बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।