एमालेद्वारा झापाका दिपक कार्कीसहित ६ जना पार्टी केन्द्रीय सदस्यमा मनोनित


२० पुष २०८०, शुक्रबार १९:५४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका वर्तमान अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here