काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनु भयो ।
उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनु भयो ।
मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनु भयो ।