राष्ट्रिय सभाको भुमिकालाई बलियो बनाउनेगरी नियमावलीको मस्यौदा तयार


१७ पुष २०८०, मंगलवार १७:५५ मा प्रकाशित

राष्ट्रिय सभाको भुमिकालाई सक्रिय, बलियो र प्रभावकारी बनाउनेगरी राष्ट्रिय सभा नियमावलीको मस्यौदा तयार पारिएको छ

राष्ट्रिय सभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि राष्ट्रिय सभाले गठन गरेको राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिले धेरै नयाँ प्रावधानहरुलाई राख्दै सभाको भुमिकालाई सक्रिय, बलियो र प्रभावकारी बनाउनेगरी मस्यौदा तयार पारेको हो ।

समितिको मंगलवार बसेको बैठकले मस्यौदामाथि दफाबार छलफल गर्दै यसलाई अन्तिम रुप दिइएको छ । मस्यौदामा राष्ट्रिय सभा सदस्यहरुलाई आफ्ना मतदाताहरु प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखहरुप्रति जवाफदेही बनाइएको छ ।

राष्ट्रिय सभा सदस्यहरुको उनीहरुसँग वर्षमा कम्तिमा एकपटक समन्वय बैठक गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रदेशसँग सम्बन्धित विषय उठाउनका लागि प्रादेशिक सरकोर समय नाम दिएर छुट्टै समयको व्यवस्था पनि गरेको छ ।

त्यसैगरी, महिलाहरुको बारेमा समान धारणा बनाउने उद्देश्यले राष्ट्रिय सभाभित्र उपाध्यक्षको संयोजकत्वमा महिला समन्वय समिति बनाउने प्रावधान पनि राखिएको समिति सभापति ज्येष्ठ सदस्य सुरेशकुमार आले मगरले जानकारी दिनुभयो । 

मस्यौदामा प्रधानमन्त्रीको राष्ट्रिय सभा सदस्यहरुसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था पनि गरिएको उहाँले बताउनु भयो ।

राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको पुनःनामाकरण गरी कार्यक्षेत्रहरुमा पनि फेरबदल गरिएको बताउनु भयो ।

त्यसैगरी ऐन निर्माणमा सबै राष्ट्रिय सभा सदस्यहरु सहभागि हुनसक्ने व्यवस्था गरिएको पनि उहाँको भनाई छ ।

मस्यौदा समितिले अन्य धेरै नयाँ प्रावधानहरुलाई पनि राखेको छ । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र समिति सभापतिको पद रिक्त भयो भने १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here