गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार ८२२ पुग्यो


१७ पुष २०८०, मंगलवार १६:५४ मा प्रकाशित

गाजा पट्टीमा इजरायली हमलाका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढेर २१ हजार ८२२ पुगेको छ ।

साथै ५६ हजार ४५१ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले विगत २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएको बताउनु भयो ।

यसैबीच पूर्व एन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्य गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here