राष्ट्रिय सभा निर्वाचनः बिराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१७ पुष २०८०, मंगलवार ०९:०१ मा प्रकाशित

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा स्थापना भएको छ ।

नयाँस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल कार्यक्रम गरिने उनले बताए ।

कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here