विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु महत्वपूर्णः विज्ञ उप्रेती


११ पुष २०८०, बुधबार १९:४२ मा प्रकाशित

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताउनुभएको छ ।

बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेल (कोप २८) को को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कोप २८ मा पहिलो हप्तामा अधिकांश सहमति जुट्न नसकेको भएपनि मन्त्रीस्तरीय बैठकबाट भने अधिकांश मुददहरु सहमित भएको बताउनु भयो ।

पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र यसबारेमा जिएस्टीको रिपोर्टमै टेक्स्ट भएर आउनुले पर्वतीय मुद्दाहरुको विषय पेचिलो बनेको बताउनु भयो ।

उहाँले पर्वतीय मुद्दाले विशेष स्थान पाउनुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको तर्फबाट उठाइएको विषय प्रमुख कारण रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here