कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने


१२ पुष २०८०, बिहीबार ०८:२७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

यसअघि गत मंसिर २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयानुसार उम्मेदवार सिफारिस गर्न प्रदेशहरुलाई परिपत्र भइ प्रदेशहरुबाट उम्मेदवारको नामावली केन्द्रमा सिफारिस हुन थालेको छ । कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here