मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित


११ पुष २०८०, बुधबार १८:३२ मा प्रकाशित

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी हवल्दार हरी प्रसाद ढकाललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको छ ।

विभागिय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेकोले वाँहाले गरेको कार्यको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको हो ।

पुरस्कृत भएका ढकालले  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मंसिर महिनाको बिभिन्न मितिमा स्काभेटर शृङ्खलाबद्ध रुपमा आगजनी भएको घटनाको सफल अनुसन्धान पश्चात दोसीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here