वर्तमान सरकारबाट विकासको सपना देख्न सकिदैनः ओली


८ पुष २०८०, आईतवार १५:१९ मा प्रकाशित

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताउनुभएको छ ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आईतवारसञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने बताउनु भयो । उहाँले मुलुकमा सुशासन दिने शासक चाहिने बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्युह भित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिदैन । र हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here