संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामति ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संघीय निजामति ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले निजामति ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताउनु भयो ।
उहाँले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गरेर आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।