चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्ः अध्यक्ष तिमिल्सिना


२७ मंसिर २०८०, बुधबार १९:४० मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताउनुभएको छ । र

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताउनु भयो ।

उहाँले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताउनु भयो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमँ हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकिसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here