नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि प¥योः ओली


२७ मंसिर २०८०, बुधबार १९:३७ मा प्रकाशित


भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थ,स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको बताउनु भयो ।अध्यक्ष ओलीले उपयुक्त, दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार बनेन भने देश गरिव हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here