सरकारसँग बालबालिकाको आग्रहः जलवायु परिवर्तनले पारेको प्रभाव न्युनिकरण गरिदिनुस्


२७ मंसिर २०८०, बुधबार १६:३७ मा प्रकाशित

काठमाडौं। बालबालिकाहरुले जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको प्रभाव न्युनिकरणका लागि पहल गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन् ।

बुधवार काठमाडौंमा सेभ द चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको असरका कारण बालबालिका र किशोरकिशोरीहरुमा विभिन्न खाले प्रभाव परेको भन्दै त्यसलाई न्युनिकरण गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण युवा, किशोरकिशोरी र बालबालिकामा मानसिक चिन्ता बढेको समेत बताए । कार्यक्रममा सहभागी प्रज्ञा कार्कीले जलवायु परिवर्तनका कारण बालबालिकाहरु आफ्नो स्वस्थ खान पाउने अधिकारबाट समेत वञ्चित भएको बताउनु भयो ।

उहाँले अहिले समाजमा खान नपाउनु मात्रै समस्या नभएको र स्वास्थ्यवद्र्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेको बताउनु भयो ।

त्यस्तै सेभ द चिल्ड्रेनका आयुष श्रेष्ठ जोशीले जलवायु परिवर्तनका कारण बालबालिका, किशोरकिशोरी र युवापुस्तमा परेको प्रभावबारे जानकारी राख्न र सरोकारवाला निकायमा आवाज उठाउनका लागि कार्यक्रम गरेको बताउनु भयो ।

उहाँले सेभ द चिल्ड्रेनले बालबालिकाहरुको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा विगत दुई वर्षदेखि कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनले बालबालिकाहरुमा परेको असरबारे नीति निर्माण गर्ने तह र देश तथा विदेशमा पनि बालबालिकाहरुको हक र हीतका लागि आवाज उठाइरहेको बताउनु भयो ।

कार्यक्रममा कर्णाली, मधेस र वागमती प्रदेशका विभिन्न जिल्लाका बालबालिका, किशोरकिशोरी र युवाहरु सहभागी भएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण आफ्नो गाउँ ठाउँमा कृषि उत्पादनमा कमी, मानसिक एवं शारीरिक समस्या बढेको बताए ।

जलवायु परिवर्तनका कारण पानीबाट हुने संक्रमण बालबालिकाहरुमा तिब्र रूपले बढेको छ । जलवायु परिवर्तनले जीवन शैलीमा परिवर्तन र तिब्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्दै गएको र त्यसको शिकार बालबालिकाहरु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here