पत्रकार महासंघ कोशीः सरकारी पद धारण गरे पनि अध्यक्ष घिमिरेले दिएनन् राजीनामा, ढुंगाना कार्यवाहक


२५ मंसिर २०८०, सोमबार १८:१० मा प्रकाशित

झापा । नेपाल पत्रकार महासंघ प्रदेश समिति उपाध्यक्ष लवदेव ढुंगानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ  घिमिरेले कार्यव्यस्तता देखाउँदै ढुंगानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जनाएका छन् ।

घिमिरे मुख्यमन्त्री केदार कार्कीको जनसम्पर्क सल्लाहकारको रुपमा काम गर्न थालेपछि महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी ढुंगानाले पाएका हुन् ।

तर कार्यवाहक अध्यक्षको जिम्मेवारी ढुंगानालाई दिए पनि घिमिरेले सरकारी अधिकारीको पद धारण गरेपछि उनीमाथि राजीनामा नै दिनुपर्ने दबाब बढ्दै आएको छ ।

पत्रकारितामा शुद्धिकरणको अभियान चलाइरहेको महासंघको नेतृत्वले पद नछाडेको भन्दै घिमिरेको आलोचना हुँदै आएको छ ।

घिमिरेले कार्यवाहक अध्यक्षको जिम्मेवारी ढुंगानालाई दिए पनि पदबाट राजीनामा भने दिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here